काठमाडौँ । सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण  नफैलियोस् भनेर सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि यस्तो रोक लगाइएको जानकारी दिनुभएको थियो ।

Please follow and like us:

Comments