काठमाडौं । बेलायतको लन्डनमा बस्दै आएका एक पूर्व ब्रिटिश गोर्खा सैनिक रहेका नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–१० स्थायी घर भएका राईको गत मंगलबार नै मृत्यु भएको पत्रकार ददि सापकोटाको फेसबूकमा उल्लेख छ।

Comments