मेलबर्न । अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि तीन जनाको मृत्यु भएको तथ्यांक रहेको थियो, तर शुक्रबार र शनिबार गरि थप दुई जनाले ज्यान गुमाएको बताइएको छ ।

शुक्रबार सिड्नी हस्पिटलमा उपचाररत ७७ वर्षिया महिलाको निधन भएको छ । अस्पतालमा उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

अमेरिकाबाट फर्किएका परिवारकै सदस्यबाट उनलाई भाइरस सरेको शंका गरिएको छ ।

त्यस्तै, हिजो ९० वर्षिया महिलाको निधन भएको छ । उनमा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

अष्ट्रेलियामा कोरोना भाइरसका कारण मृत्यु हुनेमा पाको उमेरका व्यक्तिहरु रहेका छन् ।

Source : 7News

Please follow and like us:

Comments