मेलबर्न । अष्ट्रेलिया आउने हरेक व्यक्तिले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मौरिशनले पत्रकार सम्मेलन गरि आज रातीबाट उक्त नियम लागु हुने बताएका हुन् ।

कोरोना भाइरस कोभिड-१९ लाई नियन्त्रणका लागि अपनाइएको यो नियम आज रातीबाट विमान वा जहाजबाट अष्ट्रेलिया पुग्ने सबै मानिसहरूलाई लागु हुँदैछ। यो नियम उल्लङ्घन गर्नेलाई कारबाही हुने समेत जनाइएको छ ।

त्यस्तै, विदेशी बन्दरगाहका सबै पानीजहाजहरु समेत अष्ट्रेलियाबाट प्रतिबन्धित हुनेछ।

अष्ट्रेलियामा हालसम्म कोरोना भाइरसका २५० संक्रमित देखिएका छन्, जसमध्ये ३ जनाको ज्यान गएको छ ।

 

Please follow and like us:

Comments