बेलायतमा नवजात शिशुमा कोरोना भाइरस संक्रमण देखिएको छ । लन्डनमा ती बच्चा जन्मिएपछि जाँच गर्दा उनमा संक्रमण देखिएको हो ।

बच्चाकी आमाले बच्चालाई जन्म दिनुभन्दा केही दिन अगाडी आफूमा कोरोना भाइरसको लक्षण देखिएपछि जाँच गर्न अस्पताल गएकी थिइन् । उक्त जाँचको रिपोर्ट बच्चा जन्माउने समयमा आयो, जसमा उनी कोरोनाबाट संक्रमित भएको पुष्टि भयो ।

संक्रमित बच्चाको आमाबाट जन्मिएकोले नवजात शिशुको स्वास्थ्य जाँच गरिएको थियो । र, उनमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

डाक्टरहरुले शिशु पाठेघरमै हुँदा सक्रमण भयो या जन्मिएपछि संक्रमण भयो भन्ने यकिन नभइसकेको बताएका छन् । अहिले बच्चा र आमालाई  छुट्टा छुट्टै राखेर उपचार अगाडी बढाइएको डेली मेलले उल्लेख गरेको छ ।

 

Please follow and like us:

Comments