एजेन्सी । साविक विजेता तथा इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा स्पेनिस प्रतिद्धन्द्धी एथ्लेटिको म्याड्रिडसँग अतिरिक्त समयमा ३–२ को हार खेप्दै लिभरपुल बाहिरिएको हो ।

दुई पटक अग्रता लिए पनि लिभरपुलले खेल जित्न सकेन । ४३ औँ मिनेटमा जर्जिनियो विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ९० मिनेट समग्रमा एक–एकको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

९४औं मिनेटमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई ३-२ को जित दिलाए ।

एनफिल्डमा उत्कृष्ट पुनरागमन जितसँगै एट्लेटिकोले भने च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ । यस अघि घरेलु मैदानमा भएको पहिलो लेगमा एट्लेटिकोले १-० को जित निकालेको थियो ।

Please follow and like us:

Comments