काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण अपरेशन सकिएको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणका लागि बुधबार बिहान १० बजेपछि अपरेशन थिएटरमा लगिएको थियो । प्रधानमन्त्री ओलीलाई उहाँकी भाञ्जीले मिर्गौला दान दिनुभएको हो ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक शल्यक्रिया भएपछि प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारिएको छ।

Comments