मेलबर्न । अष्ट्रेलियावासी निरु त्रिपाठीद्वारा लिखित उपन्यास ‘पेरिस्कानो’ को अष्ट्रेलियामा विमोचन गरिएको छ । आइतबार मेलबर्नमा आयोजित  एक विशेष कार्यक्रमका बीच पेरिस्कानोको विमोचन गरिएको हो ।

विमोचन कार्यक्रम साहित्य र संगीत साँझको रुपमा भव्य बनेको थियो ।

साइप्रस कम्युनिटी हलमा भएको कार्यक्रममा पुस्तक विमोचन संगै पुस्तक परिचर्चा, सांस्कृतिक प्रस्तुति तथा भिक्टोरियामा नेपाली सामुदायिक भवन निर्माणको लागि सहयोग रकम संकलन गरिएको थियो । पुस्तकको लागि सहभागीहरुबाट प्राप्त प्रतिव्यक्ति ५० डलरबाट सामुदायिक भवन निर्माणको लागि सहयोग गरिएको हो ।

नेपाली समुदायका अगुवाहरुको उपस्थिति तथा सम्पूर्ण नेपाली समुदायको साथले आफूलाई साहित्य क्षेत्रमा थप अगाडी बढ्नको लागि हौसला मिलेको भन्दै लेखक निरु त्रिपाठीले सम्पूर्णप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो ।

पेरिस्कानोमा नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएकी युवतीको संघर्ष, प्रेम र सफलताको कथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । ‘पेरिस्कानो’लाई साहित्यकार विप्लव प्रतिकले सम्पादन गरेका हुन् ।

 

 

 

Please follow and like us:

Comments