काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७५ रुपैयाँ ३९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७४ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले  शुक्रबार (फागुन १६)जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७१ पैसा रहेको छ ।

Comments