इङ्लिस क्लब आर्सनल युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । अवे गोलको आधारमा ओलम्पियाकोससँग पराजित भएसँगै आर्सनलको युरोपा लिगको यात्रा अन्त्य भएको हो ।

बिहीबार राति आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा १–२ गोल अन्तरले पराजित हुँदै समग्रमा २–२ को बराबरी गरे पनि अवे गोलको आधारमा आर्सनल पराजित भएको हो ।

पहिलो लेगमा एक–शून्यले विजयी भएको आर्सनल दोस्रो लेगमा दुई–एक गोल अन्तरले पराजित भएपछि समग्रमा नतिजा दुई–दुई गोलको बराबरीमा टुङ्गियो । तर गोल अन्तरका आधारमा पछि पर्दै आर्सनल प्रतियोगिताबाट बाहिरिँदा ओलम्पियाकोस भने अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।

 

Please follow and like us:

Comments