मेलबर्न । अष्ट्रेलियामा सम्पन्न पन्ध्रौँ न्याभ कपको उपाधि हिमालयन क्लबले जितेको छ । गत आइतबार भएको फाइनल खेलमा रोयल राइनोजलाई हराउंदै हिमालयन क्लब विजेता बन्न सफल भएको हो ।

Tw Blake Park सम्पन्न फाइनल खेलमा हिमालयन क्लबले रोयल राइनोजलाई ५ विकेटले पराजित गर्यो । उक्त रोमाञ्चक खेलमा उत्कृष्ट प्रदर्शन गरेका हिमालयन क्लबका मनिष खकुरेल म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै, रोयल राइनोजका निरज श्रेष्ठ म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान आशिष जिसी, उत्कृष्ट विकेटकिपर सुसन गुरुङ र उत्कृष्ट बलर  केशव पन्थी घोषित भए । सम्पूर्ण विजेता टिम तथा खेलाडीहरुलाई फाइनल खेल पश्चात पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आयोजना गर्दै आएको न्याभ कपको यो पन्ध्रौँ सिजन हो । पन्ध्रौँ न्याभ कप क्रिकेट टुर्नामेन्ट गत जनवरी १२ देखि शुरु भएको थियो ।

यस वर्षको न्याभ कपमा १० टिम सहभागी भएका थिए । द हिमालयन क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट क्रिकेट क्लब, ब्रिलियन्ट क्रिकेट क्लब, हिमा अस क्रिकेट क्लब, न्याभ क्रिकेट क्लब प्रतिस्पर्धामा सहभागी हुने भएका हुन् । जस मध्येबाट रोयल राइनोज क्रिकेट क्लब र द हिमालयन क्लब फाइनलमा पुग्न सफल भएका थिए ।

 

Comments