विश्व प्रख्यास रसियन टेनिस खेलाडी मारिया सारापोभाले सन्यासको घोषणा गरेकी छिन् । पाँच पटककी ग्राण्डस्लाम च्याम्पियन सारापोभाले सन्यास लिनुको प्रमुख कारण चोट भएको बताएकी छिन् ।उनले आफु खेलका लागि फिट नभएको भन्दै सन्यास लिने बताएकी हुन् ।

महिला टेनिसमा आफ्नो छवि छोडेकी सारापोभाले ‘भ्यानिटी फेयर’ नामक निबन्ध लेख्दै सन्यासको घोषणा सार्वजनिक गरिन् ।

३२ बर्षकै उमेरमा कोर्ट छाड्ने संकेत गरेकी उनले भनेकी छन्–‘म टेनिसका लागि नयाँ हुँ । पछिल्लो समय टेनिस मेरो लागि पहाड भयो । मलाई माफ गर्नुहोस् । म गुडवाई भन्न चाहन्छु ।’

सन् २००४ मा १७ वर्षको उमेरमा विम्बल्डनको उपाधि जितेपछि सारापोभा निकै चर्चामा आएकी थिइन् । सन् २०१२ मा फ्रेन्च ओपनको उपाधि जित्दै सारापोभाले करियर स्लाम पूरा गरेकी थिइन्

 

Please follow and like us:

Comments