युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा बार्सिलोना नापोलीसँग एक–एक गोलको बराबरीमा रोकिएको छ ।

बार्सिलोनाले भने नापोलीको घरेलु मैदानमा १–१ गोलको बराबरी खेलेको हो । डेरिस मार्टिन्सले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएपनि एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ आर्तुरो भिडाल रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो ।

Please follow and like us:

Comments