काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७६ रुपैयाँ २१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७५ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार (फागुन १२) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२४ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०९ पैसा रहेको छ ।

Comments