मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा जारि न्याभ कप क्रिकेट टुर्नामेन्टको फाइनल खेल आइतबार हुनेभएको छ । ट्रफीको लागि रोयल राइनोज र द हिमालयन क्लब बीच प्रतिस्पर्धा हुनेभएको हो ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आयोजना गर्दै आएको न्याभ कपको यो पन्ध्रौँ सिजन हो । पन्ध्रौँ न्याभ कप क्रिकेट टुर्नामेन्ट गत जनवरी १२ देखि शुरु भएको थियो । 

यस वर्षको न्याभ कपमा १० टिम सहभागी भएका थिए । द हिमालयन क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट क्रिकेट क्लब, ब्रिलियन्ट क्रिकेट क्लब, हिमा अस क्रिकेट क्लब, न्याभ क्रिकेट क्लब प्रतिस्पर्धामा सहभागी हुने भएका हुन् । जस मध्येबाट रोयल राइनोज क्रिकेट क्लब र द हिमालयन क्लब फाइनलमा पुग्न सफल भएका छन् ।

फाइनल खेल आइतबार २३ फेब्रुअरीमा Tw Blake Park मा हुनेछ । आयोजकका अनुसार, उक्त दिन दिउँसो १२ देखि ३ बजे सम्म फाइनल खेल हुनेछ भने ३:३० देखि ४ बजेसम्म पुरस्कार वितरण लगायतका कार्यक्रम हुनेछन् ।

यस १५ औं न्याभ कपको विजेता टिमले दुई हजार डलर नगद पुरस्कारको साथमा ट्रफी प्राप्त गर्नेछ ।

Comments