शाहरुख खानले फेरी एकपटक सावित गरेका छन् उनी साच्चै नै बलीउडका बादशाह हुन् ।

सुरुवाती तीन दिनमा उनको फिल्म ह्याप्पी न्यु ईयरले १ सय करोडको क्लबमा नाम लेखाएको छ । फराह खानद्धारा निर्देशित यस फिल्मको प्रमोशनका लागि पुरै टिमले कुनै कसर बाँकि छाडेनन् । उनै शाहरुख खान फिल्मको लिड एक्टर हुनुका साथै प्रोड्युसर पनि हुन् भने फिल्मको प्रमोशनका लागि नयाँ तरिका अपनाएका छन् । बलीउडमा स्थापित कलाकारहरुले भरिभराउ सो फिल्म शुरुदेखि चर्चाको शिखरमा थियो । त्यसको अलावा शाहरुख खान, फराह खान, लिवाली रिलीजको कारणले पनि फिल्मको जवरदस्त अटेन्सन मिलेको थियो । फिल्मको मार्केटिङका लागि शाहरुखले पनि यसपटक अलग तरिकाले प्लानिङग गरेका थिए, त्यसकारण पनि फिल्मलाई निकै फाईदा पुग्यो ।

उनले सामाजिक सञ्जाल ट्वीटरको प्रयोग गरेका थिए । यसपटक यस सोसल नेटवर्किङ साईटको प्रयोग उनले ह्याप्पी न्यु ईयरको प्रमोशनको लागि गरेका थिए । ह्याप्पी न्यु ईयरको अकाउन्टका साथसाथै फिल्मका सबै स्टारलाई अकाउन्ट ट्याग गरिएको थियो, जसको फाईदा फिल्मलाई पुग्यो ।

Comments

comments