संसारको जुनसुकै ठाउँमा पुगेतापनि आफ्नो ठाउँको खानाको स्वाद बिर्सिन मुस्किल पर्छ । विदेशी भूमीको रेष्टुरेन्टको मेनुमा आफ्नो ठाउँको खाना भेट्दा छुट्टै खुशी मिल्छ ।

त्यस्तै, खानाले त्यो विशेष ठाउँको प्रतिनिधित्व गर्छ , जसले गर्दा पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुग्छ । र, अर्को महत्वपूर्ण पाटो भनेको समुदायको आर्थित उन्नति र उद्धमशीलता । यिनै कुराहरुलाई आफ्नो मुख्य उद्देश्यको रुपमा लिंदै यही फेब्रुअरी महिना देखि अष्ट्रेलियाको मेलबर्नमा संचालनमा आएको छ , ‘म:म एण्ड चिल्लिज रेष्टुरेन्ट’ ।

म:म एण्ड चिल्लिज रेष्टुरेन्ट तीन नेपाली युवाहरु विजय कुमार कार्की, सूर्य केसी, जनेश गुरुङको साझेदारीमा संचालित रेष्टुरेन्ट हो । रेष्टुरेन्ट संचालनमा ल्याउँदा हुने अप्ठ्यारो पछि संचालनमा ल्याइसकेपछि पनि जोखिम हुन्छ । त्यसको लागि आफूहरुले पैसा मात्र नभई समय र मेहनतको पनि लगानी गर्नुपर्ने रेष्टुरेन्ट संचालक मध्येका एक विजय कुमार कार्की बताउँछन् ।

विजय कुमार कार्की करिब ११ वर्ष अगाडी अष्ट्रेलिया आएका हुन् । गैंडाकोट नवलपरासी घर भएका उनी प्लस टु सकेर अष्ट्रेलिया आएका थिए  । यहाँ आइसकेपछि उनले कुकरी विषय पढ्न थाले र रेष्टुरेन्टमा काम गर्न थाले । त्यो संघर्ष, कामको अनुभव र कुकरी पढाइले नै आफूमा रेष्टुरेन्ट व्यवसायमा अगाडी बढ्ने आत्मविश्वास जागेको उनी बताउँछन् ।

रेष्टुरेन्ट व्यवसायमा अगाडी बढ्ने निर्णय पछि उनले सुरुमा २०१५ फेब्रुअरी ८ मा साझेदारीमा चिल्ली एभरेष्ट रेष्टुरेन्ट खोले । उनका अनुसार, आफूले दु :ख  सहेर बचत गरेको पैसा र सरसापट गरेर उनले पहिलो रेष्टुरेन्टमा लगानी गरेका थिए । बजारको जोखिम उत्तिकै थियो । Menzies Alley, Melbourne Central मा संचालित उक्त रेष्टुरेन्टमा उपलब्ध हुने खानाको नेपाली स्वादले धेरै ग्राहकको मन जित्यो । उक्त सफलताले नै उनलाई थप अगाडी बढ्नको लागि प्रेरित गर्यो । जसले गर्दा उनले साथीहरु सूर्य केसी र जनेश गुरुङ संग मिलेर ‘म:म एण्ड चिल्लिज’ रेष्टुरेन्ट संचालनमा ल्याए ।

विजय कुमार कार्की काममा केन्द्रित रहेर मेहनत गरेमा सफलता हासिल हुने बताउँछन् । त्यही अनुभव, साथीहरुको साथ र आत्मविश्वासले केही वर्षभित्र स्थानिय सेफहरुलाई समेत लिएर विभिन्न ठाउँमा रेष्टुरेन्ट खोल्ने योजना रहेको उनी बताउँछन् ।

मेलबर्न स्थित Featherbrook Shopping Centre, Shop 10 48 Windorah Drive, pointcook vic-3030  मा रहेको ‘म:म एण्ड चिल्लिज’ रेष्टुरेन्ट’मा मेलबर्नको जुनसुकै ठाउँबाट पनि सजिलै पुग्न सकिन्छ । यहाँ नेपाली संगै इन्डियन परिकारहरु पाइन्छ भने पार्किङ्गको समेत सुविधा रहेको छ ।

Please follow and like us:

Comments