नेपाल आइडलले नेपालमा सांगीतिक रौनक छर्दै गर्दा एक नेपाली युवाले अमेरिकन आइडल मार्फत चर्चा बटुलिरहेका छन् । काठमाडौंमा जन्मिएका दिवेश पोखरेल अमेरिकन आइडलमा छनोट भएका हुन् ।

अमेरिकन आइडलमा अडिसनको लागि जाँदा उनको सांगीतिक यात्राको कथा संगै नेपालका सुन्दर दृश्यहरु देखाइएको थियो । स्टेजमा पुगेपछि उनले निर्णायकहरुलाई नमस्ते गरेका थिए । उनले आफू ६ वर्ष अगाडी नेपालबाट अमेरिका आएको बताएका छन् ।

२१ वर्षे दिवेश ले अडिसनमा दुईवटा गीत गाएका थिए । सुरुमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ गाउँछन् । त्यसपछि उनलाई अर्को गीत गाउन भनिन्छ । दोस्रो गीत उनले क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ गाए ।

उनको प्रस्तुति पछि निर्णायक मध्येका गायक तथा गीतकार  लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हाल्छन् ।अर्का निर्णायक लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ बताउँदै अमेरिकन आइडलमा आएकोमा धन्यवाद दिएका छन् । केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिँदै उनलाई कार्यक्रममा देख्न पाउँदा निकै उत्साहित भएको बताएकी छिन् ।

Luke Bryan Asks Arthur Gunn to Open For Him in Detroit – American Idol 2020

Arthur Gunn really is "di-besh."

Posted by American Idol on Sunday, February 16, 2020

Comments