काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७६ रुपैयाँ ८९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७६ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार (फागुन ५) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र बिक्रीदर १२४ रुपैयाँ ४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४० पैसा रहेको छ ।

Please follow and like us:

Comments