एडलेड । महाशिवरात्रीको अवसरमा अष्ट्रेलियामा विशेष पूजा तथा भजनकिर्तन कार्यक्रम हुने भएको छ । नेपाली भजन किर्तन समूहले कार्यक्रमको आयोजना गरेको हो ।

महाशिवरात्रीको दिन अर्थात फेब्रुअरी २१ मा एडलेड स्थित Cosgrove Hall मा कार्यक्रम हुने बताइएको छ ।

पूजा तथा भजन किर्तन दिउँसो १ बजे सुरु भइ राती ९ बजेसम्म चल्नेछ ।

आयोजकका अनुसार, १ देखि ४ :३० बजेसम्म महाशिवरात्री विशेष पूजा चल्नेछ । ४:३० देखि ५:३० सम्म आरतीको साथमा पूजा समापन हुनेछ । पूजा समापन पछि ६:३० सम्म प्रसाद वितरण हुनेछ भने त्यसपछि राती ९ बजेसम्म भक्ति संगीत र भजनकिर्तन चल्नेछ ।

Comments