काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७६ रुपैयाँ ९२ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७६ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले (फागुन ४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२४ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ५० पैसा र बिक्रीदर १४९ रुपैयाँ २८ पैसा रहेको छ ।

Comments