सिड्नी । नेपालबाट अष्ट्रेलियाको न्यु साउथ वेल्समा आउनुभएका अभिभावकहरुका लागि वनभोज मेला आयोजना हुनेभएको छ । एनआरएनए अष्ट्रेलिया एससीसी न्युसाउथ वेल्सले वनभोज मेलाको आयोजना गरेको हो ।

वनभोज मेला २०२० मा अभिभावकहरुका लागि नि:शुल्क स्वास्थ्य परिक्षण पनि रहने आयोजकले जनाएका छन् । यसका साथै मन्दिर दर्शन,  लोक दोहोरि कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति लगायत विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहनेछन् ।

आगामी २९ फेब्रुअरीमा हुने उक्त वनभोज मेलामा सहभागीताका लागि २१ फेब्रुअरी सम्ममा नाम दर्ता गराइसक्नु पर्नेछ । वनभोजको दिनमा बिहान ७:३० मा पिक अप र बेलुका ६ बजे ड्रप अफ गरिने बताइएको छ । सहभागिताको लागि अभिभावकलाई २० डलर र अन्यलाई ३० डलर शुल्क लाग्नेछ ।

Comments