विश्वकप फुटवलको पहिलो चरणको खेलमा शुक्रबार राती भएको पहिलो खेलमा इटालीलाई १-० गोलले हराउँदै कोस्टारिका दोस्रो चरणमा प्रवेश गरेको छ। याे जितसँगै इंग्ल्यान्ड समूह चरणबाट बाहिरिएको छ ।
कोस्टारिकाको लागि ४४औं मिनेटमा गोल गर्दै ब्रायन रुइजले अग्रता दिलाए। अन्तिम समयसम्म इटालीले कुनै गोल गर्न नसकेपछि कोस्टारिका विजयी भएको हो।

लगातार दुई खेल जित्दै समूह ‘डी’बाट कोस्टारिका अर्को चरणमा प्रवेश गरेको हो। यसअघि कोस्टारिकाले उरुग्वेलाई पराजित गरेको थियो। समूहको अर्को टोली इटाली र उरूग्वेकोबीचको खेलको बिजेता दोस्रो चरणमा प्रवेश गर्नेछ ।

Please follow and like us:

Comments