काठमाण्डौ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन पीएसजीले ओलम्पिक लियोनमाथि जित हात पारेको छ । आईतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोल अन्तरले पराजित गर्यो ।

पीएसजीले २२ औँ मिनेटमा डीमारियाको गोलको सहयोगमा सुरुवाती अग्रता लिएको थियो । ३८ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ४७ औँ मिनेटमा लियोनका फर्नान्डो मार्कलको प्रहार आत्मघाती गोलमा परिणत भएपछि पीएसजीले फराकिलो अग्रता बनायो ।

फर्नान्डो मार्कलको एक आत्मघाति गोल पीएसजीले उपहार पाएको थियो । लियोनका मार्टिन टेरियर र मौसा डेम्बेलेले समान एक–एक गोल फर्काएका थिए ।

जितसंगै पीएसजीले लिगमा १२ अंकको अग्रता लिएको छ ।

Comments