फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलेमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलीलाई २-० गोल अन्तरले हराएको हो ।

पिएसजीको जितमा नेयमारले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेका थिए । नेयमारले २८औं मिनेटमा पहिलो गोल गरे । उनले थोमस म्युनियरको पासमा गोल गरेका थिए । त्यसपछि नेयमारले ५२औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे । केलियन एमबाप्पेको प्रहारलाई लिलेका ग्याब्रिएलले डिबक्स भित्र ह्यान्ड गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो ।

लिलीविरुद्ध गरेको गोल नेयमारले हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबलका लिजेण्ड कोबी ब्रायन्टलाई समर्पित गरे ।

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २१ खेलबाट ५२ अंक बनाएको छ ।

 

Comments