काठमाडौं । नेकपाका सांसद अग्नी सापकोटा प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । आज बसेको बैठकमा नेकपाका उपनेता सुवास नेम्बाङले उहाँलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ,पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गर्नुभएको थियो । नव निर्वाचित सभामुख सापकोटालाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ गराउनुहनेछ ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि गत असोजमा सभामुखबाट राजीनामा दिनुभएको थियो ।

संसदको अर्को बैठक आजै बस्दैछ ।

Comments