ब्रिसबेन । अष्ट्रेलियामा नेपाली युवा अर्जुन तिमिल्सिना गम्भीर बिरामी परेका छन् । पोखरा स्थायी घर भएका तिमिल्सिना केही वर्ष देखि ब्रिसबेनमा बस्दै आएका छन् । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखाका कोषाध्यक्ष समेत हुन् ।
३१ वर्षीय अर्जुन तिमिल्सिनालाई ब्लड क्यान्सर भएको बताइएको छ । जसले गर्दा उनको रगत र बोनम्यारोमा असर परेको छ ।
एक छोरीका बुवा समेत रहेका अर्जुन तिमिल्सिनाको जीवन बचाउनको लागि बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको छ । गत साता मात्र तिमिल्सिना दम्पत्तिलाई पुत्रीलाभ भएको छ । छोरी जन्मिएको खुशी राम्ररी मनाउन नपाउंदै उनी अस्पताल भर्ना हुनुपर्यो ।
बोनम्यारो प्रत्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएका छन् । चिकित्सकका अनुसार, ३ महिनामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ । उपचारका लागि ठुलो रकम लाग्ने भएपछि तिमिल्सिना परिवार यतिखेर संकटमा छ । यस्तो घडीमा तिमिल्सिना परिवारको साथ र सहयोगको लागि आर्थिक सहयोग संकलन अभियान सुरु भएको छ ।
सहयोग गर्न चाहने व्यक्तिले GoFundMeबाट आर्थिक सहयोग गर्न सकिन्छ ।
यसको लागि यस लिंकमा क्लिक गर्नुहोस् >> gofundme.com/f/NRNA-QLD-s-Campaign-to-Help-Arjun

Comments