पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेले सफाइ पाएका छन्। लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई पनि अदालतले सफाइ दिएको छ।

जिल्ला अदालत चितवनमा आइतबार भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले सफाई दिएको हो ।

पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा गत साउन ३१ गते लामिछाने र कँडेल न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पक्राउ परेका थिए ।

 

Comments