मलेसियाको क्वालालामपुरमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री अन्तर्गतको अमेरिकाले नेपालसामु २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर व्याटिङ गरेको अमेरिकाले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय २३ रन जोडेको हो । नेपालका लागि शक्ति गौचनले तीन, सागर पुन र बसन्त रेग्मीले दुई दुई विकेट लिएका हुन् । ४१ बलमा ४ चौका र एक छक्कासँगै ३६ रन बनाएका स्टिभन टेलर र स्टिभ मसिहलाई पुनले आउट गरेका हुन् भने फहद बबर र अदिल भाटी र करण गणेशको विकेट शक्ति गौचनले लिए । श्रीनी सन्थनम र तिमिल पटेलको विकेट भने बसन्तले लिए । नेपाल अहिले केहिबेरमा जवाफि व्याटिङ गर्दैछ ।

२ खेल जितेको नेपाल अंक तालिकाको दोश्रो स्थानमा छ । अमेरिकाले ३ खेलमा १ खेल मात्र जितेको छ । नेपालले अमेरिकालाई हराउन सके डिभिजन टूमा बढुवा हुने संभावना बलियो हुने छ ।

Comments