मेलबर्न । अष्ट्रेलियामा केही वर्ष देखि नेपाली विद्यार्थीहरु समुद्री दुर्घटनामा परेका घटनाहरु आइरहेका छन् । नेपाली समुदायमा समुद्री दुर्घटना बारे सजग बनाउंदै त्यस्ता दुर्घटना हुन नदिने उद्देश्यका साथ चेतनामुलक कार्यक्रम हुनेभएको छ ।
उक्त वाटर सेफ्टी एजुकेशन कार्यक्रममा स्थानीय अल्टोना वाटर सेफ्टी क्लब भिक्टोरिया अष्ट्रेलियाका व्यवसायिक जीवन रक्षकहरुले सहभागिहरूलाई समुद्री संकेतहरू,पानीको वहाव, प्रवाह र यसबाट बच्ने उपायका विषयमा जानकारी मूलक तालिम दिंनेछन । तालिम पश्चात तटमा लगेर नै अवलोकन तथा अभ्यास गराइने आयोजकले बताएका छन् ।
एनआरएनए एससीसी भिक्टोरिया, जिलोंग नेप्लिज एसोसिएसन, मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट , नेप्लिजएसोसिएसन अफ भिक्टोरियाले लाइफ सेभिङ्ग भिक्टोरिया संगको सहकार्यमा कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा सहभागिताको लागि अनिवार्य रुपमा पहिले नै नाम दर्ता गरेको हुनुपर्ने बताइएको छ । नाम दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् : https://docs.google.com/forms

Comments