काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७८ रुपैयाँ ३० पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७७ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार (माघ २) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ १४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९२ पैसा रहेको छ ।

Comments