मेलबर्न । अष्ट्रेलियामा दक्ष आप्रवासी कामदारको स्थिति निराशाजनक देखिएको छ । Bankwest Curtin Economics Centre (BCEC) ले गरेको अनुसन्धानमा यस्तो नतिजा आएको हो ।
उक्त अनुसन्धान अनुसार, अष्ट्रेलिया आएका दक्ष कामदारहरु कम पद र तलबमा काम गर्न बाध्य छन् । उनीहरुले आफ्नो शैक्षिक योग्यता भन्दा निकै कम लेभलको काम गरिरहेको अनुसन्धानले बताएको छ । यसका साथै उनीहरुमाथी कार्यक्षेत्रमा भेदभाव समेत हुने गरेको छ ।
अनुसन्धानमा बताइए अनुसार, इन्जिनियरले टेक्निसियनको काम, शिक्षकले क्लिनरको काम, भूगोलविदले एज्ड केयरको काम, मेकानिकल इन्जिनियरले सेक्युरिटी अफिसरको काम गरिरहेका छन् ।
५ सय ८ जना दक्ष आप्रवासी कामदारमाथि गरिएको अनुसन्धानमा ५३।१ प्रतिशत कामदारहरु आफ्नो योग्यताभन्दा निकै तल्लो पदमा रहेर काम गरिरहेका छन् । त्यस्तै, १४ प्रतिशतले कार्यक्षेत्रमा आफूहरुमाथि भेदभाव भएको बताएका छन् ।
Source : SBS News

Comments