एजेन्सी  । घरेलु टिम भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित निकालेको छ । अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो ।

मुम्बईमा घरेलु टोली भारतले दिएको २५६ रनको लक्ष्य अष्ट्रेलियाले विकेट नै नगुमाई पुरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा ओपनरद्वय डेभिड वार्नर र आरोन फिन्चले सानदार प्रदर्शन गरे । दुवैले अविजित शतक रन बनाए । वार्नरले १ सय १२ बलमा १७ चौका र ३ छक्का प्रहार गरे । फिन्चले १ सय १४ बलमा १३ चौका र ३ छक्का प्रहार गरे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५५ रन बनाएको थियो ।

Comments