मेलबर्न । अष्ट्रेलियामा न्याभ कप २०१९ सुरु भएको छ । नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले आयोजना गर्दै आएको न्याभ कपको यो पन्ध्रौँ सिजन हो ।
यस वर्षको न्याभ कपमा १० टिम सहभागी भएका छन् । हिमालयन क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्स्पर्ट क्रिकेट क्लब, ब्रिलियन्ट क्रिकेट क्लब,
हिमा अस क्रिकेट क्लब, न्याभ क्रिकेट क्लब प्रतिस्पर्धामा सहभागी हुने भएका हुन् ।
न्याभ कप गत आइतबार अर्थात जनवरी १२ देखि शुरु भएको छ । ओपनिङ्ग डेमा ४ खेल भएका थिए । हिमालयन र हिमा अस बीच भएको खेलमा हिमालयन क्लब विजयी भएको थियो । दोस्रो खेल सगरमाथा क्लब (ए )  र एक्स्पर्ट क्रिकेट क्लब बीच भएको थियो, जसमा सगरमाथा क्लब (ए) ले जित हासिल गर्यो । त्यस्तै, ब्रिलियन्ट क्रिकेट क्लब र रोयल राइनोज बीच भएको खेलमा रोयल राइनोज विजयी भयो भने रोयल राइनोज ब्लुज र गोर्खाली क्रिकेट क्लब बीच भएको अर्को खेलमा गोर्खाली क्रिकेट क्लब विजयी भयो ।
ओपनिङ्ग डेको खेलमा क्रमश : हिमालयन क्लबका निशान्त सिंह , सगरमाथा क्लबका आशिष जीसी, रोयल राइनोज रेडका मनोज टन्डन र गोर्खाली क्रिकेट क्लबका निर्माण वाग्ले म्यान अफ द म्याच घोषित भएका छन् ।

Comments