काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७८ रुपैयाँ ४३ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७८ रुपैयाँ २ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार (पुस २९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा रहेको छ ।

Comments