मेलबर्न । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अष्ट्रेलियाले प्रवक्ता र पब्लिक अफिसरमा रिक्त पद पूर्ति गरेको छ । शनिबार बसेको बोर्ड बैठकबाट प्रवक्ता पदमा नन्द गुरुङ र पब्लिक अफिसरमा कोमल पाठक नियुक्त भएका हुन् ।
गुरुङ यसअघिका एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष हुन् भने पाठक यसअघि नेप्लिज अष्ट्रेलियन युथ एसोसिएसनका संस्थापक अध्यक्ष थिए ।
एनआरएनए अष्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मीका अनुसार २५ जनाको सल्लाहकार टिम यस्तो छ –
दिनेश पोखरेल, दिनेशराज जोशी, डम्बर श्रेष्ठ, नविन वाग्ले, प्रविन गुरागाईं, श्री पन्त, नईन्द्र श्रेष्ठ, दुर्गादत्त कंडेल, अनील श्रेष्ठ, डा कृष्ण श्रेष्ठ, सिर्जना संग्रौला, केशव सापकोटा, सीके भुसाल, हेमन्त काफ्ले, वामदेव पौडेल, विवेक थापा, सुनिल भण्डारी, त्रिलोचन पोखरेल, विनित शर्मा, गणेश तामाङ्ग, सूर्य आचार्य, दिपनारायण चौधरी, सुजित सिग्देल, बालचन्द्र भट्टराई, हिमलाल गैरे ।

Comments