काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७८ रुपैयाँ ५६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७८ रुपैयाँ १५ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार (पुस २८) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६६ पैसा रहेको छ ।

Comments