एजेन्सी । क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसंगै युभेन्ट्स सिरि ए फुटबलको शीर्ष स्थानमा पुनरागमन गरेको छ । आईतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–१ गोल अन्तरले हराएको हो ।

युभेन्ट्सको जितमा मेरिह डेमिरल र रोनाल्डोले एक एक गोल गरे । रोमाका लागि डिएगो पेरोटीले सान्त्वना गोल फर्काए । तेस्रो मिनेटमै मेरिह डेमिरलले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले पिजानिकको फ्रिकिक पासमा गोल गरेका थिए ।

१०औँ मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई सुरुमै दुई गोलको अग्रता दिलाए ।

जितसँगै युभेन्ट्सले इन्टर मिलानलाई दुई अंकले पछि पारेको छ । शीर्षस्थानमा रहेको युभेन्ट्सको १९ खेलबाट ४८ अंक छ ।

 

 

Comments