इराकको बग्दादमा आत्मघाती बम विस्फोटमा २४ जना मारिएका छन् भने थुप्रै घाईते भएका छन् ।

बग्दादको दक्षिणी जर्फ अल सखर नगरको सीमामा विस्फोटक पदार्थले भरिएको एक गाडी लगेर प्रहरी चौकीमा ठोक्काई विष्फोट गराईएको थियो । घटना हुने समयमा इराकी सुरक्षा बल र शिया मिलिशिया रहेका थिए । विष्फोट आईएस लडाकूले गराएको हुनसक्ने अनुमान छ । आईएसको कब्जामा रहेको यो शहर लामो रस्साकस्सीपछि हालै सरकार समर्थित लडाकूहरुले आफ्नो नियन्त्रणमा लिएका थिए ।

Please follow and like us:

Comments