मेलबर्न । मेलबर्न। डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अष्ट्रेलियामा पानी परेको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ ।
अष्ट्रेलियामा भएको वर्षाले सबैमा आशा जगाएतापनि विज्ञहरुले भने डढेलो नियन्त्रणमा झन् कठिनाइ हुने बताएका छन् । विज्ञहरुका अनुसार, मंगलबार देखि घाम झन् चर्को हुनसक्नेछ र तापक्रम बढी भइ डढेलो नियन्त्रणमा झनै कठीनाइ हुन सक्नेछ ।
तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अष्ट्रेलियामा विकराल रुप लिएको छ । आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ ।

Source : Daily Mail

Please follow and like us:

Comments