एजेन्सी । जनरल सुलेमानीको हत्या पछि आक्रोसीत इरानी नागरिक मध्य केही ह्याकरहरुले अमेरीकाको सरकारी वेबसाईट ह्याक गरी ट्रम्प माथि आक्रमण गरेको र उनको मुखबाट रगत बगिरहेको तस्वीर सार्वजनिक गरेको छ ।

डेली मेलका अनुसार अमेरीकाको फेडेरल डिपोजिटरी लाईब्रेरीको एफडीएलपी डट जिओभी नामक वेबसाईट ह्याक गरी ईस्लामिक रिपव्लिक अफ् इरानको नाममा यस्तो सामाग्री प्रकाशन गरिएको छ ।

उनीहरुले भगवानको नाममा भन्दै लेखेको सन्देशमा यो ईरानको साईबर क्षमताको सानो पार्ट मात्रै हो, हामी सधैंँ तयार छौं ।

सन् २०१३ मा पनि इरानी ह्याकरले अमेरीकी साईट ह्याक गरेका थिए । सो पोष्ट पछि सार्वजनिक तस्वीरमा ट्रम्पको गालामा ईरानी सुरक्षा गार्र्डले मुक्का हानेको र उनको मुखबाट रगत चुहिएको तस्वीर सार्वजनिक भएको छ । जुन काल्पनिक तस्वीरमा दुई वटा क्षेप्यास्त्र प्रहार भईरहेको पनि देखाईएको छ ।

Please follow and like us:

Comments