एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । लिग तालिकाको पुछारमा रहेको टोलीसँग साविक विजेता बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको हो ।

त्यस्तै, रियल म्याड्रिडले छिमेकी टोली गेटाफेलाई हराउँदै शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको छ । शनिबार राति भएको डर्बी खेलमा बार्सिलोना एस्पानियोलसँग बराबरीमा रोकिएपछि रियल अङ्क बराबरी गर्न सफल भएको हो ।

र्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गेटाफेलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा आएको थियो । तर अन्तिममा गोल अन्तरका आधारमा बार्सिलोनाले रियललाई पछि पार्यो ।

शीर्ष स्थानको बार्सिलोना र रियलको समान ४० अंक छ । बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो ।

Please follow and like us:

Comments