प्रधानमन्त्री सुशील कोइरालाले सहकार्य र एकतासहित दलहरुले मिलेरै संविधान निर्माण गर्ने बताउनुभएको छ ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको २२ दलीय गठबन्धनले आज काठमाडौमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीले संविधानमा शंका नगर्न आग्रह गर्नुभयो । संविधानसभा र संविधानसभा अन्तर्गतका समितिहरुले संविधान निर्माणको काम गरिरहेको उल्लेख गर्दैै प्रधानमन्त्रीले सहमति, सहकार्य र एकतासहित दलहरुले मिलेरै संविधान निर्माण गर्ने बताउनुभयो । प्रधानमन्त्री कोईरालाले नेपाली जनताले नेपालका राजनीतिक दलप्रति आशा र भरोसा गरेको उल्लेख गर्दै उहाँले संविधान माघ ८ गते नै आउने दाबी गर्नुभयो ।

चियापान कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला,मन्त्रीहरु, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ,  कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला सहभागीता रहेको थियो ।

Comments