मेलबर्न । नेपालका सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाको मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा पाँचौं जित हात पारेको छ ।

आज भएको डर्बी खेलमा खेलमा लामिछानेको मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गरेको हो । रेनेगेड्सको यो लगातार छैठौ हार हो । मेलबर्न क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले स्टार्सलाई १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य स्टार्सले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । स्टार्सको जितमा मार्कस स्टोनीसले अविजित ६८ रनको अर्धशतकीय इनिङ्स खेल भने कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रनको योगदान दिए । रेनेगेड्सका लागि केन रिचर्डसन र रिचार्ड ग्लिसनले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । रेनेगेड्सका लागि सन मार्सले सर्वाधिक ४३ रन बनाए । यस्तै बेउ वेब्स्टरले २९ तथा कप्तान आरोन फिन्चले २५ रन बनाए । स्टार्सका सन्दीपले ४ ओभरमा २६ रन खर्चिएर ३ महत्वपूर्ण विकेट लिए । यससँगै सन्दीपले यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट लिन सफल भएका छन् ।

यसबाहेक एडम जाम्पा र डेल स्टेनले २–२ विकेट लिए । स्टार्स जितसँगै ६ खेलमा ५ जित हात पार्दै १० अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ । रेनेगेड्स अंक विहीन रहदै पुछारमा छ ।

Please follow and like us:

Comments