सिड्नी । अष्ट्रेलियामा खोलामा डुबेर मृत्यु भएका दुई नेपालीको सनाखत भएको छ ।

शुक्रबार राति सिड्नीको एक खोलामा डुबेर मृत्यु हुनेमा २६ वर्षका विशाल सेढाईँ र २३ वर्षका रोशन छतकुली रहेको अष्ट्रेलियाका सञ्चार माध्यमहरुले जनाएका छन् । साथीहरुको समूहमा उनीहरु क्याम्पिङसँगै माछा मार्ने योजनामा शुक्रबार दिउँसो बेरोरा नेसनल पार्क पुगेका थिए । पौडी खेल्नका लागि खोलामा पसेका तीनजना मध्ये दुईजना बेपत्ता भएका थिए ।

न्यू साउथ वेल्सको एम्बुलेन्स सेवाका कर्मचारीहरुले प्रदीप पाण्डेलाई भने गम्भीर अवस्थामा पानीबाट बाहिर निकालेका थिए । उनको प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत थप उपचारका लागि सिड्नीकै वेस्टमिड अस्पताल लगिएको थियो । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनामा खटिएका गोताखोरहरुले रातको करिब साढे ११ बजे पानीमा हराइरहेका दुईजनालाई मृत फेला पारेका थिए ।

Please follow and like us:

Comments