मेलबर्न । अष्ट्रेलियामा जारी बिएमडब्लु कपको आइतबार फाइनल खेल हुनेभएको छ । रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमड्ब्लु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको फाइनलमा सगरमाथा र रोयल राइनोज क्रिकेट क्लब भिड्ने भएका हुन् ।
डिसेम्बर ८ देखि सुरु भएको प्रतियोगिताको खेल हरेक हप्ताको आइतबार हुँदै आएको छ । यो वर्षको बिएमडब्लु कप प्रतियोगितामा ८ टिम सहभागी भएको आयोजकले बताएका छन् । जसमा सगरमाथा र रोयल राइनोज फाइनल खेलमा पुगेका हुन् ।
फाइनल खेल आगामी आइतबार अर्थात जनवरी ५ का दिन TW Blake Park मा हुने आयोजकले बताएका छन् । खेल दिउँसो १२:३० बजे देखि सुरु हुनेछ ।
सेमिफाइनल खेलमा सगरमाथा र द हिमालयन क्रिकेट क्लब तथा रोयल राइनोज र  नारे किग्स क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो । जसमा सगरमाथाले द हिमालयन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो भने रोयल राईनोजले नारे किग्स क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । त्यस्तै, खेलको म्यान अफ द म्याच रोयल राइनोजका चन्द श्रेष्ठ घोषित भएका थिए ।

Comments