काठमाडौं । ‘बोल माया’ र गलबन्दी च्यातियो नामक लोकगीतबाट चर्चामा आएका लोक गायक प्रकाश सपुत अब चलचित्रमा अभिनेताको भूमिकामा देखिने भएका छन् । केही वर्ष अघि रिलिज भएको सुपरहिट चलचित्र ‘परदेशी’को सिक्वेल ‘परदेशी २’मा सपुत नायकको भूमिकामा देखिने भएका हुन् ।

सपुतले आफुलाई सानै उमेरदेखी चलचित्रमा अभिनय गर्ने रहर रहेको बताउँदै आएका थिए ।परदेशी २ बाट उनको रहर पुरा हुने भएको छ । नारायण रायामाझीको निर्देशनमा बन्ने चलचित्रबाट उनले रजतपटमा डेब्यु गर्नेछन् ।

वैदेशिक रोजगारीमा गएका युवाको कथामा आधारित चलचित्रको आगामी फागुनबाट छायांकन सुरु हुँदै छ ।

यसअघि चलचित्र परदेशीमा इन्डियन आइडल प्रशान्त तामाङले नायकको भूमिका निर्वाह गरेका थिए । चलचित्रको सिक्वेलमा तामाङको सट्टा सपुतले मुख्य भूमिका निर्वाह गर्ने निर्देशक रायमाझीले बताएका छन् ।

Please follow and like us:

Comments