मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा जारी बिएमडब्लु क्रिकेट कप २०१९ को फाइनलमा सगरमाथा र रोयल राइनोज क्रिकेट क्लब भिड्ने भएका छन् ।आईतबार भएको सेमिफाइनल खेलबाट सगरमाथा र रोयल राइनोज फाइनलमा प्रवेश गरेका हुन् ।
सेमिफाइनल खेलमा सगरमाथा र द हिमालयन क्रिकेट क्लब तथा रोयल राइनोज र  नारे किग्स क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो । जसमा सगरमाथाले द हिमालयन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो भने रोयल राईनोजले नारे किग्स क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । त्यस्तै, खेलको म्यान अफ द म्याच रोयल राइनोजका चन्द श्रेष्ठ घोषित भएका छन् ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बिएमडब्लु कप रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमड्ब्लु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आयोजना भएको हो । डिसेम्बर ८ देखि सुरु भएको प्रतियोगिताको खेल हरेक हप्ताको आइतबार हुँदै आएको छ । यो वर्षको बिएमडब्लु कप प्रतियोगितामा ८ टिम सहभागी भएको आयोजकले बताएका छन् ।

Comments