एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन साडियो मानेले निर्णायक गोल गरे ।

जितसँगै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ । लिगमा लिभरपुलले यो सिजन लगातार १९ खेलमा अपराजित रहँदै उपाधिको होड निकै बलियो बनाएको छ ।

यस्तै इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार ५० औं खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ ।

 

Comments