सरकारले आमरण अनशन बस्दाबस्दै मृत्यु भएका नन्दप्रसाद अधिकारीको दाहसंस्कारको व्यवस्था गर्ने भएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले अधिकारीको दाहसंस्कारका लागि आवश्यक व्यवस्था मिलाइदिने निर्णय गरेको हो । साथै बैठकले अनशन तोड्नुभएकी गंगामाया अधिकारीको जीवनयापनका लागि आर्थिक सहयोग तथा सुरक्षा दिने निर्णय पनि गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

बैठकले भगवती घिमिरेलाई राष्ट्रिय महिला आयोगको सदस्यमा नियुक्ति पनि गरेको छ ।

Please follow and like us:

Comments